परिवर्तन

पहिला पहिला थुम्की डॉडा कोदोको बालाले धकमक्क हुन्थ्यो । डॉडामा शनिबार लाग्ने हाटमा कोदोलाई नगदमा साटेर धान, नुन, तेल, मरमसाला, लुगाफाटा आदि किनेर बिर्खे घर जान्थ्यो । अहिले, थुम्की डॉडामा कोदो मात्र होइन, मकै, गहुँ र साग फ़लाउन थालेको छ बिर्खेले । आजको हाटमा उसले कोदो बेच्यो, एक पाउच रक्सी किन्यो। मकै र गहुँ पनि बेच्यो र चाऊ चाऊ किन्यो । कलकलौदो साग बेचेको पैसाले आफ्नी बिरामी श्रीमतिलाई आईरन चक्की र भिटामिनको झोल लिएर बिर्खे घर तिर लाग्यो ।

Comments

Popular Posts