राजनीती गर्ने मान्छे लोभी हुन्छ ?

"राजनीती गर्ने मान्छे लोभी हुन्छ" यो भनाई मेरो होइन । यो भनाई त नब्बे पुग्नलागेका नेता बल बहादुर राइ को हो। यो कुरा साँचो हो, मान्छे जन्मजात लोभी हुन्छ तर नेपालका नेता अझ लोभी हुन्छन् भन्ने उनैले भनेका छन । नेपालका नेता लोभी मात्र होइन झूट पनि निक्कै बोल्छ्न तर नेताहारू सधै झूट बोल्छ्न भन्ने पनि उनले झूट साबित गरिदिए । किनकी उनले यो कुरा साँचो भनेका छन । उदाहरणको लागी हामी २००७ साल देखी २०६४ साल सम्मको इतिहास हेर्न सक्छौ । २०-४० वर्ष सम्म जेल बसेर देशको सेवा गर्ने भन्ने नेताले पनि एक दुई वर्ष अरु दुःख नगरेर लोभ गर्नाले देशमा समस्या आयो भन्ने सबैले देखेको नै छ। त्यस्तै "नया" नेपाल बनाउने भन्ने हरु पनि वषौ दुःख गरे पनि आख़िर केही महिनामा नै सुख खोज्न थाले पछि देशको बिकास र जनाताको भलो कसले गर्ला? राजा र अरुको ता कुरै छोडिदिम किनकी पुस्तौ देखी को सम्पती हुदापनी पुगेको छैन उनिहरुलाई। सायेद, नेपलमा साधारण जनता देखी राजा सम्म सबै नेता हुन र सबै झूट बोल्छ्न। अहिले सम्म देशको माया गर्ने लोभ नभएको र झूट नबोल्ने नेताको जन्म भएको छैन।

Comments

Popular Posts