चरित्रवान शिक्षक

महेश सर विश्व विध्यालयमा पढाउनु हुन्थो। गएको तीन वर्ष देखी उहाको घरमा श्रीमतिले दाइजो नल्याएको विषयलाई लिएर खिचालो शुरू भएको थियो । वषौको झगडा र पिटाई पाएकी उनकी श्रीमतिलाई सहयोग गर्न अरु शिक्षकका श्रीमतिहारू एकजुट भएर अघी सरे। एक दिन शरीरभरी कुटाइका डाम र आँखाभरी आँसुका धारा लिएर सरणमा पुगेपछि, शिक्षकका सचेत श्रीमतिहरू महेश सरलाई फ़रिया गुताउंन लम्केका भए पनि सफल भएनन । त्यसबेला महेश सर काठ्माण्डौमा गुप्ताबास बसिसकेका थिए । अन्त्यमा केहि नलागेपछी यो कुराले महिला संघ संस्था र पुलिस सम्म पुगेर श्रीमान श्रीमती बिच समझौता भयो। समझौता अनुसार महेश सरले श्रीमती र बच्चाहरुको लालन पालन को लागी तलबको आधा हिस्सा प्रत्येक महिना बुझाउनु पर्ने भयो। आज महेश सरले एउटा राजनैतिक पार्टी समातेका छन । त्यसको उहा एक प्रबुद्द व्यक्तिको रुपमा छन तर उनले आफ्नी श्रीमती र सन्तानलाई समझौता को रकम तिरेका छैनन । उनका श्रीमती र सनातान कहा छन कसरी जीवन गुजारेका छन कसैलाई थाह छैन र पनि महेश सर माथि कसैले यो प्रश्न उठाउने दुस्साहस गर्दैनन । रुढ़िबादी परम्परामा रहेका कुरीति, संस्कार, र अन्धबिश्वास हरुलाई हटाएर नया समाजको निर्माण गर्न सिकाउनु पर्ने शिक्षकले आफैमा परिवर्तन गर्न नसक्नु उनको आफ्नै ब्यक्तिगत दोष हो वा समाजको ?

Comments

Popular Posts